योजना तथा अनुगमन शाखाको कार्यविवरण

  • मन्त्रालयसँग सम्बन्धित कार्यविधी, मापदण्ड, निर्देशिका तयार गर्न सहयोग गर्ने
  • मन्त्रालय निर्देशनालयले गठन गरेका विभिन्न कार्यदलहरुमा रही कार्य सम्पादन गर्ने
  • निर्देशनालय मातहतका कार्यालयहरुको वार्षिक बजेट तथा कार्यक्रम तयार गर्ने, गराउने
  • निर्देशनालय मातहतका कार्यालयहरुको स्वीकृत वार्षिक कार्यक्रममा संशोधन गर्नुपर्ने अवस्थामा सो स्वीकतिको लागि मन्त्रालयमा पेश गर्ने
  • निर्देशनालय अन्तर्गतका कार्यालयहरुको माइलस्टोन सहितको एकिकृत बार्षिक कार्ययोजना तयारी गर्ने
  • निर्देशनालय मातहतका कार्यालयको मासिक, चौमासिक तथा बार्षिक प्रगति कम्पाइल गर्ने
  • बजेट सिलिङमा आधारित रही मुख्य मुख्य कार्यक्रमहरुको पहिचान गरी बार्षिक योजना तर्जुमा गर्ने, गराउने
  • चौमासिक बार्षिक प्रगति समीक्षा आवश्यकता अनुसारका गोष्ठी, बैठक सञ्चालन गर्ने गराउने
  • निर्देशनालयमा प्राप्त कार्यक्रमको लागत अनुमान तयार तथा स्वीकृत गरी कार्यक्रम कार्यान्वयन गर्ने, गराउने
  • अनुगमन योजना तयारी गरी नियमित अनुगमन गर्ने अनुगमन प्रतिवेदन तयारी गर्ने
  • वन, वातावरण तथा जलवायु क्षेत्रका तथ्य तथ्यांक तथा सूचनाहरुको संकलन, प्रशोधन, विश्लेषण आवश्यकता अनुसार प्रकाशन गर्ने, गराउने
  • योजना तथा अनुगमन शाखाको कार्यसम्पादनसँग सम्बन्धित अन्य कार्य गर्ने