योजना तथा अनुगमन शाखाको कार्यविवरण
- मन्त्रालयसँग सम्बन्धित कार्यविधी, मापदण्ड, निर्देशिका तयार गर्न सहयोग गर्ने ।
- मन्त्रालय र निर्देशनालयले गठन गरेका विभिन्न कार्यदलहरुमा रही कार्य सम्पादन गर्ने ।
- निर्देशनालय र मातहतका कार्यालयहरुको वार्षिक बजेट तथा कार्यक्रम तयार गर्ने, गराउने ।
- निर्देशनालय र मातहतका कार्यालयहरुको स्वीकृत वार्षिक कार्यक्रममा संशोधन गर्नुपर्ने अवस्थामा सो स्वीकतिको लागि मन्त्रालयमा पेश गर्ने ।
- निर्देशनालय र अन्तर्गतका कार्यालयहरुको माइलस्टोन सहितको एकिकृत बार्षिक कार्ययोजना तयारी गर्ने ।
- निर्देशनालय र मातहतका कार्यालयको मासिक, चौमासिक तथा बार्षिक प्रगति कम्पाइल गर्ने ।
- बजेट सिलिङमा आधारित रही मुख्य मुख्य कार्यक्रमहरुको पहिचान गरी बार्षिक योजना तर्जुमा गर्ने, गराउने ।
- चौमासिक र बार्षिक प्रगति समीक्षा र आवश्यकता अनुसारका गोष्ठी, बैठक सञ्चालन गर्ने गराउने ।
- निर्देशनालयमा प्राप्त कार्यक्रमको लागत अनुमान तयार तथा स्वीकृत गरी कार्यक्रम कार्यान्वयन गर्ने, गराउने ।
- अनुगमन योजना तयारी गरी नियमित अनुगमन गर्ने र अनुगमन प्रतिवेदन तयारी गर्ने ।
- वन, वातावरण तथा जलवायु क्षेत्रका तथ्य तथ्यांक तथा सूचनाहरुको संकलन, प्रशोधन, विश्लेषण र आवश्यकता अनुसार प्रकाशन गर्ने, गराउने ।
- योजना तथा अनुगमन शाखाको कार्यसम्पादनसँग सम्बन्धित अन्य कार्य गर्ने ।