वन व्यवस्थापन तथा सूचना शाखाको कार्यविवरण

  • राष्ट्रिय वन व्यवस्थापनको लागि नीति नियम तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्ने, गराउने
  • जिल्ला वन क्षेत्रको आवधिक व्यवस्थापन योजना तयारीका लागि नीति निर्देशन तथा कार्यविधि जिल्लालाई उपलब्ध गराई योजना स्वीकृतिका लागि मन्त्रालयमा पेश गर्ने
  • व्यवस्थापन योजनाको कार्यान्वयन, अनुगमन, पृष्ठपोषण तथा मूल्यांङ्कन अध्यावधिक राख्ने
  • वन सम्वर्धन योजना अध्यावधिक रुपले तयार गर्न आवश्यक नीति निर्देशन दिने
  • वन क्षेत्रको दिगो व्यवस्थापनको लागि रणनीतिक आवधिक योजनाहरु तयार गर्ने
  • समुदायद्वारा व्यवस्थित वन तथा राष्ट्रिय वन, चक्ला वन, नीजि वन, कृषि वन आदिको व्यवस्थापनको लागि आवश्यक नीति नियम तथा कार्यक्रम तर्जुमा गर्ने
  • वनको दिगो व्यवस्थापन सम्बन्धी आवश्यक नीति नियम, निर्देशिका, मापदण्ड तथा कार्यक्रम तर्जुमा कार्यान्वयन गर्ने गराउने
  • वन पैदावार सदुपयोग सम्बन्धि नीति नियम तर्जुमा गर्ने
  • वन पैदावारमा आधारित उद्योग टाँचा सम्बन्धी काम गर्ने गराउने
  • सामुदायिक वनको वन पैदावार संकलन तथा बिक्रि वितरण निर्देशिका राष्ट्रिय वनको वन पैदावार संकलन तथा बिक्रि वितरण निर्देशिका वमोजिमका छपान, मुछान घाटगद्दी चेकजाँच निरिक्षण गर्ने।
  • वन पैदावार विक्री वितरण सम्बन्धी सूचना संकलन गर्ने
  • आर्थिक रुपले महत्वपूर्ण प्रजातिको वंशाणुगत गुणमा सुधार गरी उत्पादकत्व वृद्घि गर्ने, वन बीउ बगैँचा स्थापना व्यवस्थापन गर्न आवश्यक नीति नियम तर्जुमा गर्ने
  • प्रदेश वन निर्देशनालय मातहतका कार्यालयहरुबाट सञ्चालित विभिन्न क्रियाकलापको तथ्याङ्क संकलन, विश्लेषण तथा सूचना प्रवाह गर्ने
  • यस शाखालाई निर्दिष्ट गरीएका अन्य कार्यहरु गर्ने, गराउने