NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा द्वितीया - १७

संक्षिप्त परिचय

गण्डकी प्रदेशभित्र रहेका प्राकृतिक स्रोतहरुको संरक्षण, सम्वर्द्धन, विकास, विस्तार र सदुपयोग गर्दै उक्त स्रोतहरु मार्फत् प्रदेशको समृद्धि र विकास गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारको प्रतिनिधित्व गर्दै प्रदेश सरकार स्थापना भई मिति २०७४/१०/२२ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय स्थापना भयो । नेपालको संविधानको अनुसूची ६, ७ र ९ मा व्यवस्था भए वमोजिम प्रदेशको एकल र साझा अधिकार सूचीमा पर्ने उद्योग, पर्यटन, आपूर्ति, वाणिज्य, वन, वातावरण तथा भूसंरक्षणसँग सम्बन्धित विषयमा मन्त्रालयले काम गर्दछ ।

मन्त्रालय र मातहतका कार्यालयले वन, वातावरण तथा जलाधार क्षेत्रको संरक्षणको माध्यमबाट खेती योग्य भूमिको संरक्षण तथा उत्पादकत्वमा वृद्धि, पानी मुहान, वन्यजन्तु र जैविक विविधताको संरक्षण लगायत वातावरणीय स्वच्छता कायम राख्दै उपलब्ध स्रोतको दिगो उपयोग मार्फत् अर्थतन्त्रमा योगदान पुर्याउँछ । यसका अतिरिक्त वन र वातावरणका क्षेत्रमा जैविक विविधता, वातावरणीय सन्तुलन, जलवायु परिवर्तन जस्ता अन्तर्राष्ट्रिय मुद्दाहरूलार्इ सम्बोधन गर्न अग्रसर छ । सहकार्य, सहअस्तित्व र साझेदारीको अवधारणालाई आत्मसाथ गर्दै नेपाल सरकार, स्थानीय तह, निजी क्षेत्र, उपभोक्ता, नागरिक समाज र अन्य सरोकारवालासँग हातेमालो गर्दै उद्देश्य प्राप्तिमा अघि बढिरहेको छ ।

सांगठनिक रुपमा प्रदेशमा रहेका तालतलैयाको संरक्षण, विकास र प्रबर्धनका लागि प्रदेश सरकारले मिति २०७६/११/२८ ताल संरक्षण तथा विकास प्राधिकरणको स्थापना गरेको छ । प्रदेशभर कार्यक्षेत्र भई ११ वटा डिभिजन वन कार्यालय र २ वटा भू तथा जलाधार व्यवस्थापन कार्यालयलाई अनुगमन, निरिक्षण र निर्देशन लगायतका कार्य गर्न प्रदेशमा वन निर्देशनालय रहेको छ । प्राविधिक बिषयमा तालिम मार्फत कर्मचारीको दक्षता, क्षमता र सीपको विकास तथा पुनर्ताजगी गर्दै वन र वातावरण बिषयमा प्रभावकारी अध्ययन अनुसन्धानलाई जोड दिन वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र रहेको छ ।

वन निर्देशनालयको कार्य विवरण

वन निर्देशनालयले गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेका ६२ वटा सव डिभिजन वन कार्यालय, ११ वडा डिभिजन वन कार्यालय र २ वटा भू तथा जलाधार व्यवस्थापन कार्यालयले अनुगमन, मूल्याङ्कन र निर्देशन लगायतका कार्य गर्दछ । यस निर्देशनालयले मन्त्रालय र मातहतका कार्यालयबीच पुलको काम गर्दछ भने प्रादेशिक तहमा अन्य सरकारी तथा गैरसरकारी कार्यालयसँग समन्वय र सहकार्य समेत गर्दछ। वन निर्देशनालय र डिभिजन वन कार्यालय र भू तथा जलाधार व्यवस्थापन कार्यालयमा गरी कुल जम्मा ६१० जना कर्मचारीको दरबन्दी रहेको छ । निर्देशनालयमा विभिन्न तहमा गरेर २८ जना कर्मचारीको दरबन्दी रहेको छ । यस बाहेक वन तथा वन्यजन्तु संरक्षण शाखा, वन व्यवस्थापन तथा सूचना शाखा, योजना तथा अनुगमन शाखा, जलाधार व्यवस्थापन तथा समन्वय शाखा र कर्मचारी तथा आर्थिक प्रशासन शाखा गरी पाँच वटा शाखा रहेका छन् ।

तालिका नं. १०. कार्यालय अनुसार कर्मचारीको विवरण

क्र.सं.

कार्यालय

जम्मा दरबन्दी

वन निर्देशनालय

२८

डि.व.का. मुस्ताङ

१७

डि.व.का. म्याग्दी

४४

डि.व.का. बाग्लुङ

५५

डि.व.का. पर्वत

४५

डि.व.का. कास्की

५०

डि.व.का. स्याङजा

५५

डि.व.का. तनहुँ

६०

डि.व.का. नवलपुर

११०

१०

डि.व.का. गोरखा

५०

११

डि.व.का. लमजुङ

४५

१२

डि.व.का. मनाङ

१७

१३

भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ

१७

१४

भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत

१७

जम्मा

६१०