जलाधार व्यवस्थापन तथा समन्वय शाखाको कार्यविवरण

  • मन्त्रालयसँग सम्बन्धित कार्यविधी, मापदण्ड, निर्देशिका तयार गर्न सहयोग गर्ने
  • प्रदेश भित्रका ११ वटै जिल्लाका जलाधार क्षेत्रहरुको विवरण तयार गरी अद्यावधिक गर्ने गराउने
  • भू-संरक्षण तथा जलाधार व्यवस्थापन, जलवायु परिवर्तन, प्रकोप व्यवस्थापन सिमसार व्यवस्थापन सम्बन्धी आवश्यक कार्यविधि, निर्देशिका तथा मापदण्ड तयार गर्न संलग्न हुने
  • भू तथा जलाधार व्यवस्थापन कार्यालयहरु अन्य सम्बन्धित कार्यालयहरुले सञ्चालन गरेका भू संरक्षण तथा जलाधार व्यवस्थापन, जलवायु परिवर्तन, प्रकोप व्यवस्थापन सिमसार व्यवस्थापनसँग सम्बन्धित कार्यक्रमहरुको अनुगमन योजना बनाई नियमित अनुगमन गरी प्रतिवेदन पेश गर्ने
  • जलाधार व्यवस्थापन, जलवायु परिवर्तन, प्रकोप व्यवस्थापन सिमसार व्यवस्थापनसँग सम्बन्धित सरकारी निकायहरु, गैर सरकारी संस्थाहरु दातृ निकायहरु लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय गर्ने
  • मन्त्रालय, निर्देशनालयबाट निर्दिष्ट गरे बमोजिम प्रदेशको आवधिक एवं बार्षिक योजना तथा बजेट तर्जुमा गर्ने कार्यमा सहयोग गर्ने
  • जलवायु परिवर्तन अनुकुलन/समानुकुलन योजना तर्जुमा तथा कार्यान्वयन गर्ने गराउने
  • वातावरणीय सेवा भुक्तानीको प्रकृया अवलम्बन गर्न सहयोग गर्ने
  • उपल्लो तटीय तल्लो तटिय अन्तर सम्बन्धित एकिकृत जलाधार व्यवस्थापन कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न लगाउने
  • मन्त्रालयबाट निर्दिष्ट गरे बमोजिम भू-संरक्षण तथा जलाधार व्यवस्थापन सम्बन्धी कार्यक्रमको आवधिक एवं बार्षिक योजना तथा बजेट तर्जुमा गर्ने, गराउने
  • भू-संरक्षण तथा जलाधार व्यवस्थापन, जलवायु परिवर्तन अनुकुलन तथा समानुकुलन, प्रकोप व्यवस्थापन सिमसार व्यवस्थापनसँग संबन्धित तथ्याङ्क तथा सूचना संकलन, विश्लेषण, अध्ययन अनुसन्धान गर्ने गराउने
  • प्रदेशस्तरमा सञ्चालित भू-संरक्षण तथा जलाधार व्यवस्थापन कार्यक्रम आयोजनाहरुको कार्यान्वयन, सञ्चालन, अनुगमन एवं मूल्याकंन गर्ने, गराउने
  • शाखाको भौतिक साधनहरुको स्याहार सम्भार, मर्मत एवं संरक्षण गर्ने व्यवस्था मिलाउने
  • अधिनस्थ कार्यहरुको बार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गरी गराई स्वीकृतीको लागि सुपरिवेक्षक समक्ष पेश गर्ने।
  • अधिनस्थ कार्यको कार्य प्रगति प्रतिवेदन तयार गरी गराई सुपरिवेक्षक समक्ष पेश गर्ने
  • सम्बन्धित बिषयमा हुने बैठक, तालिम, गोष्ठी, सम्मेलन आदिमा भाग लिने
  • यस शाखालाई निर्दिष्ट गरीएका अन्य कार्यहरु गर्ने