वन तथा वन्यजन्तु संरक्षण शाखाको कार्यविवरण

  • राष्ट्रिय वन वन्यजन्तुको संरक्षणको लागि नीति, नियम तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्ने, गराउने
  • वन अतिक्रमण तथा वन पैदावारको हानी नोक्सानी रोकथाम गर्न आवश्यक प्रबन्ध मिलाउने
  • वन डढेलोबाट वन्यजन्तु वन पैदावारको हानी नोक्सानी रोकथाम गर्न आवश्यक प्रबन्ध मिलाउने।
  • जैविक विविधताको संरक्षणको आवश्यक कार्यक्रमहरुको तर्जुमा गर्ने, गराउने
  • वन, वन्यजन्तु जैविक विविधता संरक्षण सम्बन्धमा परेका विभिन्न उजुरी निवेदन उपर आवश्यक कारबाही गर्ने
  • वन जंगलको संरक्षण सम्बन्धी तथ्यांक, वन अतिक्रमण तथा वन डढेलोबाट भएको हानी नोक्सानीको विवरण तथा सूचना, प्रदेश तथा जिल्लागत विवरण प्राप्त गरी अभिलेख व्यवस्थापन तथा अध्यावधिक गर्ने
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी प्रतिवेदन पेश गर्न पठाएमा सो सम्बन्धी उजुरी तथा गुनासोको विवरण तयार गरी कारवाहीका लागि पेश गर्ने
  • नेपाल सरकारको निर्णय बमोजिम अन्य प्रयोजनका लागि उपलब्ध गराइएको वन क्षेत्रको तथ्यांक अध्यावधिक गरी राख्ने
  • वन क्षेत्र अन्य प्रयोजनको लागि प्रयोग गर्न दिनको लागि योजना, शर्तहरु तयार गर्ने सम्झौता वमोजिम गर्नुपर्ने कार्य सम्बन्धमा अनुगमन गरी प्रतिवेदन पेश गर्ने
  • वन, वन्यजन्तु वातावरणको महत्व तथा अपरिहार्यता बारे जनचेतना जागरुक गर्ने, कार्यहरु प्रचार-प्रसारको माध्यमबाट गराउने
  • वन वातावरणको क्षेत्रमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्घताहरुको कार्यान्वयन गर्ने गराउने।
  • अन्तर्राष्ट्रिय सन्धि सम्झौता सम्बन्धमा भए गरेका कार्यहरुको सहजीकरण, अनुगमन तथा मूल्याङ्कन गर्ने
  • वातावरणीय मूल्याङ्कन परिक्षण, प्रारम्भिक वातावरणीय परीक्षण संक्षिप्त प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको कार्यान्वयन अवस्थाको अनुगमन गर्ने, आवश्यक सुझाव निर्देशन दिने, कानुनी कार्बाही गर्नुपर्ने देखिएमा सिफारिश गर्ने
  • वातावरण संरक्षण ऐन, तथा नियमावली, अनुसार वन क्षेत्रका लागि गर्नुपर्ने संक्षिप्त प्रारम्भिक वातावरणीय परीक्षण, प्रारम्भिक वातावरणीय परीक्षण वातावरणीय प्रभाव मूल्याङ्कनको स्वीकृतीको लागि आवश्यक कारबाही गर्ने
  • वातावरण संरक्षण ऐन, २०७६ वा सो ऐन अन्तर्गत बनेको नियम बमोजिम निर्देशनालयलाई प्रदत्त अधिकार तथा जिम्मेवारी बमोजिमका कार्यहरु गर्ने, गराउने
  • प्रस्ताव कार्यान्वयन गर्दा स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनमा तोकिएका शर्त बमोजिम काम भए नभएको सम्बन्धमा स्थलगत जाँचबुझ तथा निरीक्षण गर्ने
  • महत्वपूर्ण तर संकटापूर्ण अवस्थामा रहेको वन प्रजातिहरुको संरक्षण, अनुसन्धान, तथा ब्यवस्थापन कार्यको लागि नीति, नियम तर्जुमा गर्ने
  • विभिन्न अध्ययन अनुसन्धानको लागि समन्वयको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा तालिम केन्द्र एवं सम्बन्धित निकायहरुसँग समन्वय गर्ने तथा फोकल पोइन्टको रुपमा काम गर्ने
  • प्रचलित वन तथा वातावरण सम्बन्धी ऐन तथा नियमावली प्रत्यायोजित अधिकार बमोजिम तोकिएका कार्यहरु गर्ने गराउने
  • यस शाखालाई निर्दिष्ट गरीएका अन्य कार्यहरु गर्ने, गराउने